कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ ।
प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् ।
धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरिदिएका हुन् । युवाहरूले धनगढीमा शेरबहादुर देउवा, आर्जु राणा, प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड विरुद्ध नाराबाजी गरेका छन्। युवाहरूले सरकारले आन्दोलनमा चरम दमन गरेको भन्दै उग्र नारा लगाएका छन्।