प्रधानमन्त्री ओलीले दिए राजीनामा

होमपेज / मुख्य समाचार /
प्रधानमन्त्री ओलीले दिए राजीनामा
  • रेडियो सुदूर सञ्चार
  • २४ भदौ २०८२ (४ महिना अघि)
  • २७५

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

ओ‌लीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पत्र पठाएका हुन् ।

राजीनामासँगै उनलाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बालुवाटारमा पुगेको छ ।

जेन-जीहरूको आन्दोलनले उग्र रुप लिएसँगै अवस्था नियन्त्रणबाहिर गएपछि ओलीको राजीनामा आएको हो ।

सोमबार भएको जेन-जीको प्रदर्शनका काठमाडौँ र इटहरीमासहित १९ जनाको ज्यान गएको थियो । त्यसपछि मंगलबार भड्किएको आन्दोलनले दुईतिहाइको शक्तिशाली सरकार ढलेको हो ।

 

अन्तिम अध्यावधिक: २४ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस