नेपाली सेना र जेन जीबीच आज वार्ता, सरकार गठनबारे छलफल हुने

होमपेज / मुख्य समाचार /
नेपाली सेना र जेन जीबीच आज वार्ता, सरकार गठनबारे छलफल हुने
  • रेडियो सुदूर सञ्चार
  • २५ भदौ २०८२ (४ महिना अघि)
  • ३५७

नेपाली सेना र जेन जी आन्दोलनका प्रतिनिधिबीच बुधबार वार्ता हुँदै छ । नेपाली सेनाले वार्ताका लागि पहल लिएपछि वार्ताको तयारी भएको हो ।

जेनजी पुस्ताले राजनीतिक दल र त्यसका प्रतिनिधिसँग कुरा नगर्ने भएपछि सेनाले सक्रियता देखाएको हो । जेनजी पुस्ताले राजनीतिक दलहरूलाई सत्ताबाट विस्थापित गरेर नागरिक सरकारको वकालत गर्दै आएका छन् ।

वार्तामा संसद् विघटन र नागरिक सरकार गठनको विषयमा छलपल हुनेछ । यद्यपी, वार्ता को कोबीच र कतिबेला हुने प्रष्ट भइसकेको छैन । समाचार स्रोतकाअनुसार नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा वार्ताका लागि समन्वय गरेको छ ।

अन्तिम अध्यावधिक: २५ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस