बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृ*त्यु

होमपेज / समाचार /
बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृ*त्यु
  • रेडियो सुदूर सञ्चार
  • २५ भदौ २०८२ (४ महिना अघि)
  • २११

बाँकेको नौबस्थास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा पाँच जनाको मृत्यु र दुई जना घाइते भएका सुरक्षा स्रोतले जनाएको छ ।

स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् । गएराति सुधारगृहमा झडप भएको थियो । त्यसक्रममा प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो ।

घटनामा घाइते भएकाहरुलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको स्रोतले पुष्टि गरेको छ । घाइते दुई जनाको उपचार जारी छ ।

अन्तिम अध्यावधिक: २५ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस