प्रधानमन्त्री बन्न रेडी छु : हर्क साम्पाङ

होमपेज / समाचार /
प्रधानमन्त्री बन्न रेडी छु : हर्क साम्पाङ
  • रेडियो सुदूर सञ्चार
  • २५ भदौ २०८२ (४ महिना अघि)
  • ३५७

सुनसरीको धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ राईले आफू देशको प्रधानमन्त्री बन्न रेडी भएको बताएका छन् ।

जङ्गी अड्डा परिसरमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले युवाहरूले नेतृत्व दिए प्रधानमन्त्री बन्न तयार रहेको बताएका हुन् ।

जेनजी युवाहरूको एक समूहले सुशीला कार्कीको नेतृत्व प्रस्ताव गरेपछि हर्क साम्पाङ आफ्ना केही समर्थकसहित जङ्गी अड्डा पुगेका थिए ।

त्यसपछि सेनाको मुख्यालयमा बालेनले नेतृत्व लिन नमाने हर्कले लिनुपर्ने भन्दै जेनजीहरुबिच विवाद भएको थियो ।

तर केही जेनजी युवाहरूले सुशीला कार्की नै अहिलेको समयमा उत्तम भनेका छन् । 

अन्तिम अध्यावधिक: २५ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस