सेनासँग एजेण्डामा छलफल गर्न सुशीला कार्की नाम प्रस्ताव

होमपेज / समाचार /
सेनासँग एजेण्डामा छलफल गर्न सुशीला कार्की नाम प्रस्ताव
  • रेडियो सुदूर सञ्चार
  • २५ भदौ २०८२ (४ महिना अघि)
  • ३३८

जेनजीहरुले प्रधानसेनापति अशोकराज सिग्देलसँग आफ्नो एजेण्डा लैजान पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई पठाउने निर्णय प्रस्ताव गरेको छ ।

बुधबारको जेनजीहरुकाे भर्चुअल बैठकमा उनीहरुले आफ्नो एजेण्डा सेनासँग प्रस्तुत गर्न कार्कीलाई प्रतिनिधि बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो ।  

यद्यपि कार्कीसँग उनीहरुले कुरा गरिसकेपछि मात्रै यसको अन्तिम टुंगो लाग्ने छ । उनीहरुले कार्कीलाई भेटेर जेनजीको प्रतिनिधि बन्न आग्रह गर्ने बैठकमा प्रस्ताव गरेका हुन् । 

जेनजीहरुको आधिकारिक समूह भने टुंगो लागेको छैन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन् ।

कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाप्रति श्रद्धाञ्जली दिँदै उनीहरुका अभिभावकको मागलाई सम्बोधन गर्ने पनि बताइन् । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबारलगायत सबै सरकारी भवन जलेकोमा उनले दु:ख व्यक्त गरेकी छिन् ।

अन्तिम अध्यावधिक: २५ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस