जेनजीको विश्वासप्रति राष्ट्रिय हितमा काम गर्न तयार छु : सुशीला कार्की

होमपेज / मुख्य समाचार /
जेनजीको विश्वासप्रति राष्ट्रिय हितमा काम गर्न तयार छु : सुशीला कार्की
  • रेडियो सुदूर सञ्चार
  • २६ भदौ २०८२ (४ महिना अघि)
  • ३९५

नेपालका जेनजी युवाले प्रस्ताव गरेको अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छन्।

७१ वर्षीया कार्कीले भारतीय टेलिभिजन न्यूज १८ लाई प्रतिक्रिया दिँदै भनेकी छन्, “जेनजी समूहले मलाई छोटो अवधिका लागि सरकारको नेतृत्व गर्न विश्वास गर्‍यो, म राष्ट्रिय हितका लागि काम गर्न तयार छु।

सन् १९७५ मा भारतको वाराणसी हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी कार्कीले भारतीयहरुसँग आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै, “भारतीय साथीहरूले मलाई दिदी-बहिनी जस्तै व्यवहार गर्छन्।भारतले नेपाललाई सदैव सहयोग गरिरहेको छ,”बताइन्।

उनले जेनजी आन्दोलनमा ज्यान गुमाएकाका परिवारप्रति सहयोग गर्न र ताजा जनादेशका लागि चुनाव गराउने काममा पनि प्राथमिकता दिने बताइन्। कार्कीले सर्वोच्च अदालतमा काम गर्दा पनि सामूहिकतामा विश्वास गरेको स्मरण गराइन्।

अन्तिम अध्यावधिक: २६ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस