जेनजी आन्दोलनमा ज्यान गुमाएकाको श*व परिवारलाई हस्तान्तरण गर्न सुरू

होमपेज / मुख्य समाचार /
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको श*व परिवारलाई हस्तान्तरण गर्न सुरू
  • रेडियो सुदूर सञ्चार
  • २७ भदौ २०८२ (१० महिना अघि)
  • ४६५

जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ।

महाराजगञ्जस्थित महाराजगञ्ज मेडिकल क्याम्पसमा शव परीक्षण गरेर सम्बन्धित परिवारलाई शव बुझाउने काम भइरहेको छ।

जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले बताएका छन् ।

प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको मृत्यु पुष्टि भएको छ । प्रदर्शनकारीतर्फ प्रहरीको बल प्रयोगमा २१ जनाको मृत्यु भएको डीआईजी घिमिरेले बताए ।

अन्तिम अध्यावधिक: २७ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस