Advertisement
Skip This
ट्रेण्डिङ

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा शपथ ग्रहण

होमपेज / मुख्य समाचार / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • २७ भदौ २०८२ (१ महिना अघि)
  • २११

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो । यसअघि आजै राष्ट्रपति पौडेलले कार्कीलाई संविधानको धारा ६१ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

आजै प्रधानमन्त्रीसहित केही मन्त्रीको शपथ गराउने तयारी भए पनि अन्तिममा हुन सकेन । सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीसँगै रहेको छ ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ अधिकारी र कूटनीतिज्ञहरूको सहभागिता थियो ।

पूर्वप्रधानन्यायाधीश कार्की देशको पहिलो महिला प्रधानमन्त्री बन्नुभएको हो । उहाँ देशको पहिलो महिला प्रधानन्यायाधीश पनि हुनुहुन्छ ।

अन्तिम अध्यावधिक: २७ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस