आफैं नख्खु कारागार फर्किए रवि

होमपेज / समाचार /
आफैं नख्खु कारागार फर्किए रवि
  • रेडियो सुदूर सञ्चार
  • २८ भदौ २०८२ (४ महिना अघि)
  • ३३९

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार फर्किएका छन्।

पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निकालिएको थियो।

सामाजिक सञ्जालमा शनिबार दिउँसो एक भिडियो सन्देश जारी गर्दै लामिछानेले आफू आफ्नो जन्मदिनको सन्दर्भ पारेर कारागार फर्किन लागेको बताएका छन् ।

‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साँधेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु,’ लामिछानेले भनेका छन् ।,

शनिबार लामिछाने नख्खु कारागार फर्कि सकेको  ललितपुर प्रहरी प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।

लामिछानेले आफू प्रक्रिया पूरा गरेर निस्किएको दावी गर्दै कारागार प्रशासक सत्यराज जोशीद्वारा हस्ताक्षरित रिहाइ पत्र सार्वजनिक गरेका थिए ।

यद्यपि, नख्खु कारागार प्रशासनले पछिल्लोपटक सबै कैदीबन्दीलाई तत्काल फर्किन उर्दी जारी गरेको थियो।

अन्तिम अध्यावधिक: २९ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस