बेलौरी : युवाद्वारा जेनजी शहीदलाई श्रद्धाञ्जली तथा नयाँ नेपाल निर्माणको संकल्प

होमपेज / समाचार / समाज /
देश विकासमा भ्रष्टाचार बाधक : दियाल
बेलौरी : युवाद्वारा जेनजी शहीदलाई श्रद्धाञ्जली तथा नयाँ नेपाल निर्माणको संकल्प
  • रेडियो सुदूर सञ्चार
  • २९ भदौ २०८२ (४ महिना अघि)
  • ५९४

चन्द्रिका चाैधरी/ बेलौरी, कञ्चनपुर – 

शनिबार साँझ कञ्चनपुरको बेलौरीमा जेनजी समर्थक युवाहरूले  शहीद श्रद्धाञ्जली तथा नव युग नेपाल निर्माणको शुभकामना आदान–प्रदान कार्यक्रम” सम्पन्न गरेका छन्। 

युवाहरूले हालै जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदान खेर जान नदिने दृढ संकल्प व्यक्त गरेका हुन्।

बेलाैरी युवा सञ्जालका अध्यक्ष एवम् जेनजी (GenZ) विष्णु दत्त अवस्थीले सार्वजनिक सम्पत्ति हाम्रो साझा सम्पदा भएकाले यसको संरक्षण सबैको जिम्मेवारी भएको उल्लेख गर्दै बेलौरी नगरले विरोध प्रदर्शनका दिनहरूमा शान्ति कायम गर्न सफल भएको स्मरण गरे।

उनले देशका विभिन्न ठाउँमा आन्दोलनकै क्रममा भौतिक संरचनामा क्षति पुगेको उदाहरण दिँदै, “हामीले हाम्रो नगरलाई जोगाएका छौं, यो हाम्रो जिम्मेवारी हो, नगरलाई सुरक्षित राख्दै आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ,” भन्दै नगरवासीलाई सचेत र जिम्मेवार बन्न आह्वान गरे।

स्थानीय शिक्षक लक्ष्मण दियालले देशको विकासमा बाधक बनेको भ्रष्टाचारको अन्त्य आवश्यक रहेको भन्दै युवा पुस्ताले यस विरुद्ध निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। 

उनले भने, “भ्रष्टाचारले हाम्रो देशलाई रित्तो बनाएको छ, जनताको श्रम र पसिनाबाट उठेको करपैसा केही व्यक्तिहरूको विलासी जीवनमा खर्चिने अवस्था अब हामी सहन सक्दैनौँ। हामी सबै एकजुट भएर यसविरुद्ध लड्नैपर्छ। यसैबाट मात्र नयाँ युगको नेपाल सम्भव हुन्छ।”

वीरेन्द्र शाही “बिरु”ले आन्दोलनलाई अनुशासित र सृजनशील बनाउनु पर्नेमा जोड दिँदै  राेदन व्यक्त गरे।, 

भक्कानिदै उनले भने, मेराे छाेरीकाे साथीले देश परिवर्तनका लागि  आफ्नो ज्यान गुमाउनु पर्‍यो । वास्तवमै “हामीले कहिलेसम्म अरूको झोले बनेर बसिरहने ह? कहिलेसम्म? मैले पनि धेरै पार्टीप्रति आस्था राखेँ तर सबै भित्र उस्तै देखेँ। त्यसैले अब हामी सबै मिलेर भ्रष्टाचारको जरै उखेल्नु पर्छ। शान्तिपूर्ण तर दृढ आन्दोलनले मात्र मुलुकलाई नयाँ बाटोतर्फ धकेल्न सक्छ।”

भुपेश पण्डेयले युवाले देखाएको एकता र साहस नेपालको इतिहासमा महत्वपूर्ण अध्यायका रूपमा रहने उल्लेख गर्दै बलिदानले भोलिको पुस्तालाई प्रेरणा दिने दृढता व्यक्त गरे। उनले भने, “आजको यो जागरणले भोलिको नेपाललाई नयाँ दिशा दिनेछ।”

यस्तै, स्थानीय केशव बोहराले नगरमैत्री र जनमैत्री आन्दोलनको महत्त्व जोड्दै युवाहरूले देखाएको ऐक्यबद्धताले मात्र समाजमा विश्वास र आशा जगाउन सक्ने बताए। उनका अनुसार, “युवा पुस्ताको आन्दोलनले जनतामा केही आशा जगाएकाे छ।” 

अन्य वक्ताहरूले पनि शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुशासन, पारदर्शिता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायमा आधारित नयाँ नेपाल निर्माणमा युवाहरू अग्रपंक्तिमा रहनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा उपस्थित स्थानीय समाजसेवी, विद्यार्थी, व्यापारी तथा सर्वसाधारणले शान्तिपूर्ण, सृजनशील र जिम्मेवार आन्दोलनमार्फत मात्र दीगो परिवर्तन सम्भव हुने निष्कर्ष निकाल्दै नगरलाई सुरक्षित, शान्त र समृद्ध बनाउन सामूहिक प्रतिवद्धता प्रकट गरेका थिए।

कार्यक्रमले युवामा जागरण सिर्जना गर्नुका साथै भ्रष्टाचार उन्मूलन, नव नेपाल निर्माण र कलिला जेनजी शहीदको बलिदानलाई सम्मान गर्ने अभिव्यक्ति प्रस्तुत गरेको बेलाैरी GenZ समर्थकहरूले बताएका छन्।

अन्तिम अध्यावधिक: २९ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस