क्षतिको बीमा दाबी गर्न प्राधिकरणको आग्रह

होमपेज / समाचार /
क्षतिको बीमा दाबी गर्न प्राधिकरणको आग्रह
  • रेडियो सुदूर सञ्चार
  • ३० भदौ २०८२ (४ महिना अघि)
  • १७४

नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको छ ।

प्राधिकरणले सूचना निकालेर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको हो । बीमितहरूले बीमालेखको सर्तबमोजिम दाबी भुक्तानी पाइने कानुनी व्यवस्था भएकोले आवश्यक कागजातसहित सम्बन्धित बीमा कम्पनीमा बीमा दाबी गर्न प्राधिकरणले आग्रह गरेको छ ।

बीमा कम्पनीले बीमालेखमा उल्लेखित अवधिभित्र बीमा दाबी भुक्तानी नगरेमा, दायित्व निर्धारण नगरेमा वा बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा सम्बन्धित बीमितले बीमा प्राधिकरणमा उजुरी गर्न सक्ने सूचनामा उल्लेख छ ।

अन्तिम अध्यावधिक: ३० भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस