Advertisement
Skip This
ट्रेण्डिङ

सुदूरपश्चिमका कारागारबाट भागेका ६०८ कैदीबन्दी फर्किए, ८५० अझै फरार

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ३० भदौ २०८२ (१ महिना अघि)
  • २०७

सुदूरपश्चिमका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुमध्ये सोमबारसम्म ६०८ जना कैदीबन्दी फर्किएका छन् । जेन–जी आन्दोलन पछिको प्रदर्शनका क्रममा बाजुरा र अछाम बाहेकका सात जिल्ला कारागारहरुबाट एक हजार ४५८ कैदीबन्दी फरार भएका थिए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार फर्किएकामध्ये कतिपय आफैं र कतिपयलाई नियन्त्रणमा लिएर फर्काइएको हो । भागेकामध्ये अझै ८५० जना फर्किन, फर्काउन बाँकी छ ।

सम्बन्धित जिल्ला कारागार कार्यालयहरूले सार्वजनिक सूचना जारी गर्दै कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेका छन् । साथै फरारहरूको खोजीका लागि प्रहरी टोलीसमेत परिचालन गरिएको छ प्रहरीले जनाएको छ ।

अन्तिम अध्यावधिक: ३० भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस