कैलालीको त्रिनगर-गौरीफन्टा सीमा नाका खुला

होमपेज / समाचार /
कैलालीको त्रिनगर-गौरीफन्टा सीमा नाका खुला
  • रेडियो सुदूर सञ्चार
  • ३० भदौ २०८२ (१ बर्ष अघि)
  • ३९४

जेन-जी पुस्ताको प्रदर्शनका कारण केही समयसम्म कडाइ गरिएको सुदूरपश्चिमको सीमा क्षेत्र नयाँ सरकार गठनपछि सहज भएको छ।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि सीमा क्षेत्रमा भारतीय सुरक्षा निकायले कडाइ घटाउँदै नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्रको आधारमा भारत प्रवेश अनुमति दिने व्यवस्था लागू गरेको छ।

धनगढी, त्रिनगर-गौरीफन्टा लगायतका नाकाबाट नेपालीहरू रोजगारी र किनमेलका लागि भारतीय बजारसम्म जान थालेका छन्।सुरक्षा निकायहरूले सामान्य चेकजाँच गर्दै नेपालीहरूको आवत-जावत सुनिश्चित गरेका छन्।

मानव बेचबिखन रोकथाममा काम गर्ने संघसंस्थाहरूले महिला तथा युवतीहरूको सुरक्षामा विशेष ध्यान दिएका छन्।दशैँ नजिकिदै जाँदा दैनिक करिब एक हजार नेपाली स्वदेश फर्किरहेका छन्।

अन्तिम अध्यावधिक: ३० भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस