Advertisement
Skip This
ट्रेण्डिङ

शान्ति सद्भाव र सहअस्तित्वका लागि विश्व हिन्दु महासंघको आह्वान

होमपेज / मुख्य समाचार /
  • निरु चौधरी
  • ३१ भदौ २०८२ (१ महिना अघि)
  • २४८

निरु चाैधरी / बेलाैरी, कञ्चनपुर —

हालै देशभर भड्किएको आन्दोलनका क्रममा देखिएका जनधनको क्षति र तनावप्रति विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति, सुदूरपश्चिम तथा कर्णाली प्रदेश कार्यालयले गहिरो चिन्ता व्यक्त गरेको छ। 

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले शान्ति, सद्भाव र सामाजिक सहकार्यलाई पहिलो प्राथमिकतामा राख्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको हो।

विज्ञप्तिमा नेपाली सेनाले संविधान र लोकतन्त्रको संरक्षणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै हालको संवेदनशील अवस्थामा राष्ट्रिय सुरक्षाप्रति थप सतर्क रहनुपर्नेमा जोड दिइएको छ।

महासंघले अस्वस्थ राजनीतिक प्रतिस्पर्धा, असहिष्णुता र हिंसात्मक गतिविधिले मुलुकलाई अशान्ति र अव्यवस्थातर्फ धकेल्ने ठहर गरेको छ।

विश्व हिन्दू महासंघले समाजका धर्मगुरु, नागरिक समाज, युवावर्ग, अभिभावक र राजनीतिक नेतृत्व सबैलाई मुलुकको आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक तथा सांस्कृतिक विकासमा एकताबद्ध भएर अघि बढ्न समेत आह्वान गरेको छ। 

साथै, सनातन समाजको ऐतिहासिक, धार्मिक र सांस्कृतिक मूल्य–मान्यताहरू जोगाउँदै नैतिक धर्म र संस्कृतिलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका १९ जिल्लामा बसोबास गर्ने सनातनी समुदायलाई हिन्दू राष्ट्रको पक्षमा संगठित रूपमा अगाडि बढ्न अपील गर्दै जारी विज्ञप्तिमा भनिएको छ, “शान्ति व्यवस्थामा खलल पुर्‍याउने गतिविधि नियन्त्रण गर्दै सहअस्तित्व, पारदर्शिता र सहकार्यका माध्यमबाट दीर्घकालीन स्थायित्व कायम गर्न सरकार र राजनीतिक दलहरूले दूरदर्शी निर्णय लिनुपर्छ।”

महासंघका सुदूरपश्चिम तथा कर्णाली प्रदेश अध्यक्ष शिरोमणी कुमार ओझाले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा पूर्वनिर्माण, सद्भाव, सहयोग र सहअस्तित्वकै आधारमा मात्र स्थिर र समृद्ध नेपाल सम्भव हुने उल्लेख गरिएको छ।

अन्तिम अध्यावधिक: ३१ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस