नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।
जसअनुसार यस वर्ष विजया दशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ ।
विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।
यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरूवात भने असोज ६ गते सोमबार हुनेछ ।
जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ९ बजेर १३ बजे घटस्थापना गर्ने साइत रहेको छ ।
असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे तोकिएको छ ।