संविधान दिवस सामान्य रूपमा मनाइने

होमपेज / समाचार /
संविधान दिवस सामान्य रूपमा मनाइने
  • रेडियो सुदूर सञ्चार
  • १ असोज २०८२ (४ महिना अघि)
  • ४०४

सरकारले यस वर्ष संविधान दिवस सामान्य रूपमा मनाउने भएको छ।गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्यका अनुसार असोज ३ गतेको संविधान दिवस विशेष कार्यक्रम बिना साधारण तरिकाले मनाइनेछ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई विगतमा मूल समारोह समिति बनाएर सैनिक मञ्चमा भव्य कार्यक्रमसहित मनाइँदै आएको थियो।तर यसपटक ठूलो सभा-समारोह नगरी मात्र दिवस मनाइने तयारी भएको हो।

नेपाली सेनाले पनि संविधान दिवस सामान्य रूपमा मनाउने तयारी गरेको जनाएको छ।

अन्तिम अध्यावधिक: १ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस