चन्द्रिका चाैधरी/ बेलाैरी, कञ्चनपुर–
कोभिड–१९ महामारीको समयमा संकलन गरिएको राहत कोषको आय–व्यय विवरण लामो समयपछि सार्वजनिक गरिएको छ।
बुधबार बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन मार्फत संयोजक खडक शाहले आय-व्यय विवरण सार्वजनिक गरेका हुन्।
उनले सार्वजनिक गरेको विवरणअनुसार, काेराेना महामारीका बेला स्वदेश तथा विदेशमा रहेका सहयोगी हातहरूबाट २५ लाख १३ हजार ३५ रुपैयाँ ७० पैसा सहयोग प्राप्त भएको थियो ।
जसमध्ये १२ लाख १० हजार ७ सय ७० रुपैयाँ स्वास्थ्य सामग्री तथा राहत कार्यमा खर्च भएको छ।
संयोजक शाहका अनुसार हाल ७ लाख ७० हजार ३ सय ४८ रुपैयाँ कोषमा बचत छ। भने, ३ लाख ५२ हजार ७ सय ८८ रुपैयाँ ७० पैसा अझै उठ्न बाँकी रहेको उनले जनाए।
शाहले खर्च भएको रकम अक्सिजन कन्सन्ट्रेटर, कार्डियाक मनिटर, पीपीई सेट, एन्टिजेन किट, डिजिटल अक्सिमिटर र सर्जिकल ग्लोभ्सजस्ता स्वास्थ्य सामग्री खरिदमा प्रयोग भएको विवरण प्रस्तुत गरेका छन्।
विवरण सार्वजनिक गर्न ढिलाइ भएकोबारे पत्रकारहरुले सोधेको प्रश्नमा शाहले यसलाई कमजोरीका रूपमा स्वीकार गर्दै भने, “ढिलाइ भएकै हो, हामी क्षमाप्रार्थी छौं, हामीबाट कतिपय कुरामा कमीकमजोरी भयाेहाेला, तर नियत भने सफा थियोे र छ।”
यद्यपि, सहयोग प्राप्त रकमको पारदर्शिता र जवाफदेहिताबारे वित्तीय बैधानिक विवरण भने प्रस्तुत गर्न सकेनन्। जनस्तरमा लामो समयदेखि उठिरहेका प्रश्न र आलोचनाहरूलाई धन्यवाद दिदैं, उनलेे अन्ततः सिकाइ, अनुभव र माफीका रुपमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।
पूरा भिडियो https://youtu.be/mt2s-va-3YU?si=4thlpH-mnFuoYpqG