८ हजार ८ सयभन्दा धेरै कै*दीब*न्दी अझै फरार

होमपेज / मुख्य समाचार /
कारागारबाट भागेकामध्ये ५ हजार ४ सय ९५ र बालसुधार गृहबाट भागेकामध्ये २ सय ४४ कैदीबन्दी फिर्ता
८ हजार ८ सयभन्दा धेरै कै*दीब*न्दी अझै फरार
  • रेडियो सुदूर सञ्चार
  • ३ असोज २०८२ (४ महिना अघि)
  • २५१

गएको भदौ २३ र २४ गते भएको जेन–जीको प्रदर्शनका कारण कारागारबाट भागेकामध्ये ८ हजार ८ सय १६ कैदीबन्दी अझै फरार रहेका छन् ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार २७ कारागारबाट १३ हजार ५ सय ९१ र ९ बालसुधार गृहबाट ९ सय ६४ जना कैदीबन्दी भागेका थिए ।

अहिलेसम्म कारागारबाट भागेकामध्ये ५ हजार ४ सय ९५ र बालसुधार गृहबाट भागेकामध्ये २ सय ४४ कैदीबन्दी फिर्ता आएका छन् । फरार रहेका कैदीबन्दीको खोजी भइरहेको विभागले जनाएको छ ।

नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरूको पनि खोजी भइरहेको छ ।

अन्तिम अध्यावधिक: ३ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस