जेन–जी आन्दोलनपछि नागरिकको समस्या र सुझाव सुन्नका लागि गृह मन्त्रालयले सहायता कक्ष स्थापना गरेको छ ।
पछिल्लो घटनाक्रमपछि समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू सहजीकरण गर्नका लागि सहायता कक्षा स्थापना गरेको गृह मन्त्रालयले आज विज्ञप्ति निकालेर जानकारी गराएको छ । उच्छृङ्खल गतिविधिबारे ९८५१३६०६०३ मा फोन, म्यासेज, ह्वाट्सएप, भाइबरमार्फत जानकारी दिन सकिने सूचनामा उल्लेख छ ।