काठमाण्डौबाट ५ दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए

होमपेज / समाचार /
काठमाण्डौबाट ५ दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए
  • रेडियो सुदूर सञ्चार
  • ६ असोज २०८२ (४ महिना अघि)
  • ३५०

देशको सङ्घीय राजधानी काठमाण्डौबाट पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार दुई सय १८ यात्रु बाहिरिएका छन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज एक गतेदेखि पाँच गतेसम्म २९ हजार तीन सय ६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार दुई सय १८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । 

कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरूका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् । कार्यालयका अनुसार असोज एक गते ३४ हजार पाँच सय ५६, असोज दुई गते ३६ हजार एक सय, असोज तीन गते ४० हजार पाँच सय ५५, असोज चार गते ३४ हजार आठ सय ७९ र असोज पाँच गते ४३ हजार एक सय २४ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

यसवर्ष सडकको दूरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बताउनुभयो ।

अन्तिम अध्यावधिक: ६ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस