साना प्रकृतिका बीमा दाबी तिहारसम्म भुक्तानी हुने

होमपेज / समाचार /
साना प्रकृतिका बीमा दाबी तिहारसम्म भुक्तानी हुने
  • रेडियो सुदूर सञ्चार
  • ७ असोज २०८२ (४ महिना अघि)
  • २७३

बीमक सङ्घ नेपालका अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतिका बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताउनुभएको छ ।

आज काठमाण्डौमा भएको कार्यक्रममा अध्यक्ष वैद्यवारले जेन–जी आन्दोलनले निजी क्षेत्रमा ८० अर्ब रुपैयाँ बराबरको क्षति भए पनि साना प्रकृतिको छिटो भुक्तानी गरिने बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म आन्दोलनका कारण २ हजार ४ सय ७८ वटा बीमा दाबी आवेदन परेको छ । यो दाबी अहिलेसम्मकै सबैभन्दा ठूलो हो । यसअघि भूकम्पको बेला १७ अर्ब रुपैयाँ बराबरको दाबी परेको थियो । त्यस्तै अघिल्लो वर्ष असोजको बाढीका कारण झन्डै १३ अर्ब रुपैयाँको दाबी परेको थियो ।

जेन–जी आन्दोलनपछि अहिलेसम्म २२ अर्ब २५ करोड रुपैयाँको कुल दाबी आएको छ । यो सरकारी सम्पत्तिबाहेक रहेको अध्यक्ष वैद्यवारले बताउनुभयो । १ हजार ७ सय दाबी साना प्रकृतिका रहेको र यसमा ४०/५० लाखदेखि २ करोड रुपैयाँसम्मका रहेका उहाँको आँकलन छ ।

अन्तिम अध्यावधिक: ७ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस