Advertisement
Skip This
ट्रेण्डिङ

बेलौरीमा GenZ युवा समूहको ताकेता, कर्मचारी भन्छन्– ‘काम गर्ने वातावरण नहुँदा सेवा बन्द’

होमपेज / समाचार / समाज /
"हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका छाैं" : जेनजी युवा
  • रेडियो सुदूर सञ्चार
  • ८ असोज २०८२ (३ हप्ता अघि)
  • ४४२

निरु चाैधरी/ बेलाैरी, कञ्चनपुर

कञ्चनपुरको बेलौरी नगरपालिकामा स्थानीय जेनजी युवा समूहले निरन्तर खबरदारी कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

गत भदौ २४ गते देशभरका पालिका, वडा कार्यालय तथा सरकारी–निजी सम्पत्तिमा क्षति पुर्‍याउने कार्य भए पनि बेलौरीमा स्थानीय जेनजी तथा समर्थक युवाहरुले शान्तिपूर्ण रूपमा गतिविधिहरु सञ्चालन गर्दै आएका छन्।

बुधबार पनि जेनजी पक्षधर युवाहरुले विभिन्न बहानामा करारमा राखिएका कर्मचारी हटाउन माग गर्दै नगरपालिकामा ताकेता तथा खबरदारी गरेका छन् ।

उनीहरूले नगरका विभिन्न निकायमा अनियमितता भएको आरोप लगाउँदै तत्काल सुधार गरी सुशासन पारदर्शिता र जवाफदेहिताकाे माग समेत अघि सारेका छन्।

जेनजी नेतृत्वकर्ताद्वय विष्णुदत्त अवस्थी, सुरेश वडु  लगायतका युवाहरूले गैरकानुनी रुपमा राखिएका करार कर्मचारी नहटाएसम्म आन्दोलन जारी रहने चेतावनी दिए।,

तर, कर्मचारी पक्षले भने आन्दोलनकै कारण कार्यालयमा सामान्य काम गर्ने वातावरण नबनेको भन्दै स्वास्थ्य बाहेकका सम्पूर्ण सेवा ठप्प गर्ने निर्णय गरेका छन्।

उनीहरूले बेनामी तर हस्ताक्षर मात्र गरिएको एक विज्ञप्ति जारीगर्दै, कर्मचारीमाथि आरोप–प्रत्यारोप गर्ने कार्य भएकाले बाध्य भएर सेवा रोकिएको उल्लेख गरे।,

एकातिर जेनजी विरोध प्रदर्शन निरन्तर भइरहेको छ भने अर्कातिर कर्मचारीले सेवा बन्द गरेपछि सेवाग्राही मारमा परेका छन्। स्थानीयले तत्काल यसको दिगो समाधान खोज्न सम्बन्धीत पक्षलाई आग्रह गरेका छन्।

यसैबीच, बेलौरी नगरपालिकाले विवादमा तानिएका कर्मचारी रिता चौधरी र राजकुमार चौधरी आफ्नो कर्मचारी नभएको भन्दै ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ। भने युवाहरूले साे सम्बन्धमा सत्य तथ्य छानबिनको माग अघि सारेका छन्।

अन्तिम अध्यावधिक: ८ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस