Advertisement
Skip This
ट्रेण्डिङ

सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब रुपैयाँ पुग्याे

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • ९ असोज २०८२ (३ हप्ता अघि)
  • १६४

नेपालकाे सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । गएको भदौ मसान्तसम्मको यो ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ दशमलव ९२ प्रतिशत हो ।

गएको असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ८१ अर्ब ८२ करोड अर्थात् जीडीपीको २० दशमलव ९९ प्रतिशत र बाह्यतर्फ १४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ अर्थात् जीडीपीको २३ दशमलव ९३ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको छ ।

यस वर्ष सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तय गरेको छ ।

अन्तिम अध्यावधिक: ९ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस