Advertisement
Skip This
ट्रेण्डिङ

दशैंमा शिक्षकले तलब नपाएकोबारे शिक्षा मन्त्रीले थाले अनुसन्धान

होमपेज / समाचार / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • १३ असोज २०८२ (२ हप्ता अघि)
  • १५७

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकले तलब नापाएकोबारे अनुसन्धान सुरु गरेका छन् ।

मन्त्री पुनलाई शिक्षकहरूले दशैंं, तिहार र छठ पर्वमा पनि पालिकाले तलब नदिएको गुनासो गरेपछि मन्त्री पुनले अनुसन्धान सुरु गरेका हुन् ।

‘शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाई सकेको रहेछ । यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु,’ मन्त्री पुनले भने ।

तलब नपाएको भनेर सबैभन्दा धेरै गुनासो मधेशबाट आएको मन्त्री पुनले बताए ।

‘तलब पाइएन भनेर मलाई सबै भन्दा धेरै फोन मधेश बाट आएको छ । वर्ष दिनमा आउने दशैंं, तिहार र छठ पर्व जस्तो महान चाडवाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलव नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन बाट र इमेलबाट आयो,’ मन्त्री पुनले भने ।

अन्तिम अध्यावधिक: १३ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस