Advertisement
Skip This
ट्रेण्डिङ

संसद् पुनर्स्थापनाको विकल्प छैन, कांग्रेस पनि यही बाटोमा उभिन्छ : ओली

होमपेज / मुख्य समाचार / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • २३ असोज २०८२ (१ हप्ता अघि)
  • २७७

नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई सही बाटोमा ल्याउन असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापनाको माग लिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै तत्काल संसद् विघटन फिर्ता गर्ने माग लिएर अघि बढ्ने बताए।

उनले भने, ‘मलाई विश्वास छ, कांग्रेसले पनि यही बाटोमा आफूलाई उभ्याउनेछ। अरू पार्टीहरू पनि यही बाटोमा अघि बढ्छन्। देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन अरू बाटो छैन।’

उनले असंवैधानिक बाटोलाई समर्थन गरेर अघि बढे देश र संविधान अफ्ठेरोमा पर्ने बताए।

अन्तिम अध्यावधिक: २३ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस