Advertisement
Skip This
ट्रेण्डिङ

मन्त्री घिसिङद्वारा टीयू क्रिकेट मैदानको अवलोकन, चाँडो काम सक्न निर्देशन

होमपेज / खेलकुद / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २३ असोज २०८२ (१ हप्ता अघि)
  • १५५

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानको अवलोकन गरेका छन् ।

अवलोकनको क्रममा मन्त्री घिसिङले क्रिकेट मैदान निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

टीयू क्रिकेट स्टेडियमलाई सबैले महत्त्वका साथ हेरिरहेको भन्दै चाँडोभन्दा चाँडो काम सकेर ह्यान्डओभर गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

सरसर्ती हेर्दा निर्माण सम्पन्न हुने चरणमा काम भएको आफूले पाएको र क्वालिटीका कामबारे भने प्राविधिक टिमले हेर्ने उनको भनाइ छ ।

क्रिकेट मैदान निर्माणको काम अगाडि बढाउन अर्थ मन्त्रालयले पनि सहयोग गर्ने मन्त्री घिसिङको भनाइ छ ।

क्रिकेट मैदान निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउने भन्दै उनले सेकेन्ड फेजको काम पनि चाँडै अगाडि बढाउने बताए ।

बिडिङ प्रोसेसमा लगेर यसलाई छिटोभन्दा छिटो कम्प्लिट गरेर देशको एउटा राष्ट्रिय महत्त्वको क्रिकेट स्टेडियम बनाउने उनले बताए ।

नेपालभित्रै अन्तर्राष्ट्रिय क्रिकेटहरू सञ्चालन गर्न सक्ने स्थितिमा पुर्‍याउने एकदमै आवश्यक रहेको उनको भनाइ छ । यसमा क्रिकेट संघ पनि लागि रहेको उनले बताए ।

एनपीएल सञ्चालन हुनुभन्दा अगाडि गर्नुपर्ने सबै कामहरू सकाउन उनले सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।

उनले भने, ‘नेपालको यो पहिलो प्राथमिकताको नयाँ स्टेडियम हो । हामीले खेलका धेरै पूर्वाधारहरू बनाउनुपर्ने छ । अरू पनि पूर्वाधारलाई हामीले प्राथमिकतामा राखेर काम अगाडि बढाउनु पर्नेछ ।’

नेपाली युवा खेलाडीहरूको चाहना अनुसार जुन सुकै सरकार आए पनि खेलकुदलाई प्राथमिकतामा दिनुपर्ने उनले बताए । यो सरकारले पनि प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ ।

गत फागुनदेखि यस क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणको काम भइरहेको हो ।

२० फागुनदेखि सुरु भएको निर्माण कार्य २४ वैशाखभित्रै सक्ने भनिए पनि समयमा काम सम्पन्न हुन सकेन । समय थप गरेर अहिले निर्माणको कामलाई तीव्रता दिइएको छ ।

अन्तिम अध्यावधिक: २३ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस