हमासले बन्दक बनाएका २० जना रिहा हुँदै, छुट्ने सूचिमा छैन विपिनको नाम

होमपेज / मुख्य समाचार /
हमासले बन्दक बनाएका २० जना रिहा हुँदै, छुट्ने सूचिमा छैन विपिनको नाम
  • रेडियो सुदूर सञ्चार
  • २४ असोज २०८२ (३ महिना अघि)
  • २३६

इजरायल र हमासबिच सहमति भएको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत गाजामा रहेका सबै बन्धकहरू सोमबारसम्ममा रिहा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । 

हमास र उसका सहयोगीहरूले इजरायलबाट २५१ जनालाई अपहरण गरी गाजा लगेका मध्ये ४८ जना अझै पनि हमासकै कब्जामा छन् । ति मध्ये कम्तिमा २० जना जीवित रहेको सीएनएनले दाबी गरेको छ ।  
नेपाली विपिन जोशी र तामिर निम्रोदीको अवस्था अज्ञात रहेको छ । सीएनएनले जीवित रहेको विश्वास गरिएका बन्धकहरू सबै पुरुष र एक जनाबाहेक सबै २० देखि ३० वर्षका रहेको जनाएको छ ।

अघिल्ला युद्धविराम सम्झौताहरू अन्तर्गत महिला, बालबालिका र ५० वर्षभन्दा माथिका पुरुषहरूलाई रिहा गरिएको थियो। घोषित २६ मृतकहरूमध्ये इनबार हेम्यान नामक एक महिला पनि छिन्।
 इजरायलसँग युद्धविराम सहमति भएसँगै हमासले मुक्त गराउन लागेको २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ। ती सबै इजरायली नागरिक छन् । तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने समावेश छैन। 

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार मुक्त हुने भनिएकाको सूचीमा विपिन जोशीको नाम उल्लेख गरेको देखिएको छैन । 

अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए। यससँगै नेपालका विपीन जोशी पनि रिहाइ हुने आश गरिएको थियो । तर सार्वजनिक भएका विवरणमा विपिन जोशीको अवस्था अज्ञात रहेको उल्लेख गरिएको छ ।

अन्तिम अध्यावधिक: २४ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस