Advertisement
Skip This
ट्रेण्डिङ

सुन तोलाको २ लाख ३८ हजार रुपैयाँ पुग्यो

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • २६ असोज २०८२ (५ दिन अघि)
  • ९४

आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा तीन हजार रुपैयाँले बढेर तोलाको दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

लगातार बढिरहेको सुनको भाउ अस्ति शुक्रवार तोलामा चार हजार दुई सय रुपैयाँले घटेको थियो । शुक्रबार र हिजो शनिबार तोलाको दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको हो । त्यसअघि बिहीवार सुुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर तोलाको तीन हजार एक सय २५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ अहिलेसम्मकै उच्च हो । अस्ति शुक्रवार चाँदीको भाउ तोलाको तीन हजार ८५ रुपैयाँ थियो ।

अन्तिम अध्यावधिक: २६ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस