हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक गर्‍यो, छैन विपिनको नाम

होमपेज / मुख्य समाचार /
हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक गर्‍यो, छैन विपिनको नाम
  • रेडियो सुदूर सञ्चार
  • २७ असोज २०८२ (५ महिना अघि)
  • २४५

इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका विपिन जोशीको निधन भएको औपचारिक घोषणा गरेको छ।

आइडिएफले परिवारसँग भिडियो कन्फरेन्स गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दिएको हो। तर, नेपाल सरकारका अनुसार, यो मात्र आइडिएफको आकलन हो र अझै पक्का पुष्टि भएको छैन। परराष्ट्र मन्त्रालयले विपिनको सकुशल रिहाइको आशा भने कायम राखेको छ।

हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको नाम छैन ।

अन्तिम अध्यावधिक: २७ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस