कञ्चनपुर -
कञ्चनपुरको भीमदत्त नगरका मेयर पदम बोगटीले बिरामी पत्रकार रनी विवशलाई उपचार खर्च दिएका छन् । सातादेखि महाकाली अस्पतालमा उपचारार्थ पत्रकार विवशलाई मेयर बोगटीले नगद आर्थिक उपचार खर्च दिएका हुन् ।
मंगलबार बोगटीले पत्रकार विवशलाई आफुले पाएको भत्ता बाफतको रकमबाट ५ हजार सहयोग गरेको उनको सचिवालयले जनाएको छ । मेयर बोगटीका सचिवालयका प्रमुख चक्र महताले बिरामी पत्रकार विवशको उपचारमा सहयोग पु¥याउने उदेश्यका साथ नगद सहयोग गरेको बताए ।
नेपाली काँग्रेस कञ्चनपुरका सभापति समेत रहेका मेयर बोगटीले निःस्वार्थ रुपमा समाजका लागि अहोरात्र खटिने पत्रकार विवशको उपचारका लागि हातेमालो गरेको बताए । मेयर बोगटीले प्रत्यक्ष पत्रकार विवशलाई भेटेर स्वास्थ लाभको कामना गरेका छन् ।
विकल्प दैनिकका सम्पादक एंव प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य पत्रकार विवशको उपचारमा भीमदत्त नगरका मेयर पदम बोगटी र उपमेयर निलम लेखकले बराबरी व्यक्तिगत तर्फबाट ५÷५ हजार नगद आर्थिक सहयोग गरेका छन् ।
गत भदौँमा जेनजी आन्दोलनकारीले मेयर बोगटी उपमेयर लेखकको घरमा तोडफोड, आगजनी, लुटपाट गरेर तहसनहस बनाएपनि दुवै जनाले गृहनगरमा पत्रकार बिरामी पर्दा साथ सर्मथन सहयोग गरेका छन् । काँग्रेस नेताद्वय समेत रहेका मेयर बोगटी, उपमेयर लेखकले लोकतन्त्र रक्षाका लागि स्वतन्त्र प्रेस बाँच्नुपर्ने मान्यता राख्दै आएका छन् ।
पत्रकार विवशले आफू बिरामी भएर थला परेका बेला भीमदत्त नगरका अभिभावक मेयर बोगटी, उपमेयर लेखकले आफुलाई लगाएको गुन कहिल्यै तिर्न नसक्ने भन्दै आभार प्रकट गरेका छन् ।