कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

होमपेज / राजनीति /
कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
  • रेडियो सुदूर सञ्चार
  • २८ असोज २०८२ (३ महिना अघि)
  • २४१

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाउनुभएकाे छ ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज बसेकाे केन्द्रीय कार्यसमितिकाे बैठकमा सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएकाे हो ।

आजकाे बैठकको शुरुआतमा सभापति देउवाले सम्बोधन गरेपछि बैठक यही असोज ३० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

अन्तिम अध्यावधिक: २८ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस