Advertisement
Skip This
ट्रेण्डिङ

फिल्म ‘कबड्डी ५’ को छायांकन मुस्ताङमा सुरु

होमपेज / मनोरंजन /
  • रेडियो सुदूर सञ्चार
  • २८ असोज २०८२ (२ दिन अघि)
  • १३६

चर्चित फिल्म ‘कबड्डी’ले पाँचौं श्रृंखलाको छायांकन मंगलबारदेखि हिमालपारिको जिल्ला मुस्ताङमा सुरु गर्दैछ ।

छायांकन सुरु हुनु एकदिनअघि प्रसिद्ध मुक्तिनाथ मन्दिरमा ‘कास्ट एन्ड क्रू’को उपस्थितीमा शुभसाइत पूजा गरियो ।

कार्यकारी निर्माता मणिराम पोखरेलका अनुसार फिल्मको ७० प्रतिशत भाग मुस्ताङ र बाँकी काठमाडौंमा छायांकन गर्ने तालिका छ । ३५ दिने छायांकन तालिका राखिएको फिल्मको कास्टिङबारे नयाँ अपडेट पनि छ ।

अघिल्लो भागदेखि देखिँदै आएका दयाहाङ राई, मिरुना मगर, विजय बराल, कमलमणी नेपाल, अरुणा कार्की पाँचौ भागमा देखिनेछन् । नयाँ श्रृंखलामा विपिन कार्की र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ पनि जोडिएका छन् ।

कार्यकारी निर्माता पोखरेलले महत्वपूर्ण भूमिकामा विपिन र सिर्जना अनुबन्धित भएको जानकारी दिए । रामबाबु गुरुङ निर्माता तथा निर्देशक रहेको फिल्म बाँसुरी फिल्म्स प्रालिको ब्यानरमा बन्न लागेको हो ।

‘कबड्डी’का अघिल्ला चारै श्रृंखलाले घरेलु फिल्ममा उछाल कमाइ गरेका थिए ।

अन्तिम अध्यावधिक: २८ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस