कडा रोगका बिरामीलाई ‘फलोअप’ गर्दा पुनःरिफर आवश्यक नपर्ने

होमपेज / मुख्य समाचार /
कडा रोगका बिरामीलाई ‘फलोअप’ गर्दा पुनःरिफर आवश्यक नपर्ने
  • रेडियो सुदूर सञ्चार
  • २९ असोज २०८२ (५ महिना अघि)
  • २२७

स्वास्थ्य बीमा बोर्डले कडा खालका रोगका बिरामीलाई एक पटक रिफर भइसकेपछि ‘फलोअप’उपचारका लागि अस्पताल जाँदा पुनःरिफर आवश्यक नपर्ने व्यवस्था गरेको छ।

बोर्डका अनुसार बीमित व्यक्तिहरूले प्रथम सेवा विन्दुबाट रिफरल केन्द्रमा जाँदा विभिन्न समस्या भोग्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको हो।

बोर्डकी उपसचिव पुण्यमाया गुरागाईंले एक पटक प्रथम सेवा विन्दुबाट रिफर गरिसकेको बिरामीलाई पुनः रिफर गर्न नपर्ने स्पष्ट गर्दै सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गरिएको जानकारी दिए।

बोर्डले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सन, अल्जाइमर लगायतका गम्भीर रोगका बिरामीलाई लक्षित गर्दै यो निर्णय गरेको हो।

यस व्यवस्थाले दीर्घरोगी बिरामीहरूलाई सुविधा र समय दुवैमा सहजता पुर्‍याउने अपेक्षा गरिएको छ।

अन्तिम अध्यावधिक: २९ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस