Advertisement
Skip This
ट्रेण्डिङ

पेट्रोलको मूल्य घट्यो

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • ३० असोज २०८२ (१८ घण्टा अघि)
  • ९४

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

अब पेट्रोलको भाउ चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा १ सय ५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ ।

यस्तै सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ५८ रूपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १ सय ५९ रूपैयाँ पर्नेछ । डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस