Advertisement
Skip This
ट्रेण्डिङ

सरकारले चुनाव हुन्छ भनेर दुनियाँलाई ढाँट्यो : ओली

होमपेज / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • १ कात्तिक २०८२ (८ घण्टा अघि)
  • ८८

नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आउँदो फागुन २१ गते चुनाव गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाउनुभएको छ ।

पार्टीको सम्पर्क समन्वय कमिटीले पार्टी मुख्यालय च्यासलमा आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चुनाव गराउने सोच सरकारसँग नभएकाले आफ्नो पार्टीले प्रतिनिधिसभा पुनर्स्थास्थापनाको मागलाई अघि बढाउनुपरेको तर्कसमेत गर्नुभयो । आन्दोलनको काममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले चुनाव गराउने भनेर नाटकीय गतिविधि गरिहेको ओलीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘चुनाव गराउने । लुटिएका हतियार कहाँ छ ? राजनीतिक नेताहरूलाई चुनावमा जान दिँदैनन् । राजनीतिक दलहरूले चुनावमा भाग नलिएर आफैँ मात्रै भाग लिएर चुनावको नाटक गर्ने । कति राम्रो ड्रामाको परिकल्पना । तसर्थ यस्ता परिकल्पना नागरिकलाई झुक्याउने, नागरिक ठग्ने मेलो मात्रै हो । बर्मामा ६ महिनामा चुनाव गराउँछु भनेको कति वर्ष भयो ?’

अध्यक्ष ओलीले आफूलाई सरकारले काठमाण्डाै उपत्यकाबाहिर नजान प्रतिबन्ध लगाए पनि आवश्यक परेका बेला देशको कुनै पनि शहरमा घुम्न जानसक्ने बताउनुभयो ।

अन्तिम अध्यावधिक: १ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस