४ हजार ८ सयले घट्यो सुनको भाउ, तोलाको कति?

होमपेज / अर्थ /
४ हजार ८ सयले घट्यो सुनको भाउ, तोलाको कति?
  • रेडियो सुदूर सञ्चार
  • २ कात्तिक २०८२ (३ महिना अघि)
  • २६१

आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ एकैदिन तोलामा चार हजार आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ७५ रुपैयाँले घटेर तोलाको तीन हजार दुई सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार तीन सय ५० रुपैयाँ रहेको थियो । 

अन्तिम अध्यावधिक: २ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस