Advertisement
Skip This
ट्रेण्डिङ

कञ्चनपुर : जुवातास खेल्दै गरेका ६ जना प*क्रा*उ

होमपेज / मुख्य समाचार / समाज /
  • रेडियो सुदूर सञ्चार
  • २ कात्तिक २०८२ (२ दिन अघि)
  • २३८

कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको छ ।

 

जिल्लाको भिमदत्त नगरपालिका–४ बजारस्थित गोरख बहादुर चन्दको घरमा जुवातास खेलिँदै गरेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारी ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका–१८ बस्ने ४५ वर्षीय रमेश भट्टसहित ६ जना छन् । उनीहरूको साथबाट २३ हजार ११० रुपैयाँ र ३ गड्डी तास बरामद गरिएको छ ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अध्यावधिक: २ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस