Advertisement
Skip This
ट्रेण्डिङ

इजरायलमा विपिन जोशीलाई श्रद्धाञ्जली, शव सोमबार नेपाल ल्याइँदै

होमपेज / दुर्घटना / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २ कात्तिक २०८२ (२ दिन अघि)
  • ३५१

विद्रोही समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको शव नेपाल ल्याउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

तेल अवीवस्थित खटिभा ८ को स्मारक र बेनगुरिएन विमानस्थलमा आयोजित कार्यक्रममा इजरायलमा बसोबास गर्ने नेपालीहरू भावविह्वल हुँदै पुष्पगुच्छा र खादा अर्पण गरी जोशीलाई श्रद्धाञ्जली दिएका थिए । कार्यक्रममा इजरायली प्रशासनका अधिकारी तथा स्थानीय नागरिकहरू पनि सहभागी थिए ।

इजरायली विदेश मन्त्रालयको घोषणाअनुसार, जोशीको शव नेपाल पठाउनुअघि विमानस्थलमै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको हो । शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार जोशीको शव फ्लाई दुबईमार्फत् सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा ल्याइनेछ । श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुने तयारी छ ।

२०२३ अक्टोबर ७ मा अध्ययनको सिलसिलामा इजरायल पुगेका जोशी हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाएका थिए । उनका स्वास्थ्य अवस्थाबारे केही दिनसम्म जानकारी नभएपछि असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल–हमास युद्धविरामपछि बन्दी साटासाटको क्रममा हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षण र फरेन्सिक जाँचबाटजोशी अपहरण भएताका नै मृत्युवरण गरेका थिए ।

अन्तिम अध्यावधिक: २ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस