Advertisement
Skip This
ट्रेण्डिङ

विपिनको शव परिवारलाई बुझाइयो

होमपेज / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ३ कात्तिक २०८२ (१९ घण्टा अघि)
  • १९२

इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर उनको परिवारले बुझेको छ । सोमबार साँझ नेपाली सेनाको स्काई ट्रक मार्फत धनगढी विमानस्थल पुर्‍याइएको जोशीको शवलाई सलामीसहित सम्मान गरेर नेपाली सेनाले परिवारलाई बुझाएको छ ।

आजै दिउँसो उनको शव नेपाल ल्याइएको थियो । धनगढीका मेयर गोपाल हमालको परिवारले सञ्चालन गरेको महाप्रस्थान यानमा राखेर उनको शव कञ्चनपुर लगिएको छ।

शवलाई आज भिमदत्तनगरपालिकास्थित उनको घरमा राखिनेछ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिनेछ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएकाको नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन् ।

विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो । उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।

अन्तिम अध्यावधिक: ३ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस