नेवार समुदायमा आज म्हः (आत्म) पूजा गरिँदै

होमपेज / समाचार /
नेवार समुदायमा आज म्हः (आत्म) पूजा गरिँदै
  • रेडियो सुदूर सञ्चार
  • ५ कात्तिक २०८२ (३ महिना अघि)
  • २५२

आज नेवार समुदायमा म्हः अर्थात् आत्म पूजा गरिँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्छन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् बताउँछन् ।

यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाण्डौ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत देशका विभिन्न ठाउँमा मनाउने गरिएको छ । यसैबीच हिजो म्हः पूजा गरेका भक्तपुरका नेवार समुदायले आज भाइटीका मनाउँदै छन् । 

अन्तिम अध्यावधिक: ५ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस