सुदूरपश्चिमका शक्तिपीठमा जात्राको रौनक

होमपेज / मुख्य समाचार / समाज /
सुदूरपश्चिमका शक्तिपीठमा जात्राको रौनक
  • रेडियो सुदूर सञ्चार
  • ९ कात्तिक २०८२ (३ महिना अघि)
  • २२४

दशैँ र तिहारजस्ता ठूला पर्व सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक शुरू भएको छ । कात्तिक शुक्ल पक्षमा बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङलगायत जिल्लाका शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गर्छ ।

कात्तिक शुक्ल पूर्णिमासम्म नै विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गरेको छ । स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टका अनुसार कात्तिक मास उत्तम भनेर शास्त्रमा समेत लेखिएकाले यो महिना देवीदेवताको पूजाका लागि उत्तम मानिन्छ ।

कात्तिक शुक्ल पक्ष शुरू भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती, बाह्र ज्योर्तिलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार, मेलौली भगवती, फाल्ङासैनी भगवती, शिवनाथ, महारुद्र, त्रिवणीधाम (राताशीला), गणमेश्वर, जगन्नाथ मन्दिरमा जात्रा लाग्ने गर्छ ।

यस्तै कफलाशैनी भगवती, जगन्नाथ, सिगास धुरा, सनशेर, सुरपाल, अनिरुद्रलगायत मन्दिरमा कात्तिक शुक्ल पक्षमै जात्रा लाग्ने गर्छ । 

अन्तिम अध्यावधिक: ९ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस