तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

होमपेज / मुख्य समाचार /
तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना
  • रेडियो सुदूर सञ्चार
  • १० कात्तिक २०८२ (३ महिना अघि)
  • ६८२

आज, भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि दिउँसो र राति गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना छ ।

महशाखाले सार्वजनिक गरेको तीन दिनको मौसमी बुलेटिनअनुसार आज दिउँसो मुख्यगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा सामान्य बदली रहनेछ । तराईमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । साथै गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

यस्तै भोलि गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावनासँगै लुम्बिनी र कर्णालीका केही ठाउँमा मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पर्सि बुधवार कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विशेषगरी पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र यात्रा गर्दा सावधानी अपनाउन महाशाखाको सुझाव छ । 

अन्तिम अध्यावधिक: १० कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस