काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको बस दु*र्घटना : एकको मृ*त्यु, पाँच घाइते

होमपेज / दुर्घटना / मुख्य समाचार /
काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको बस दु*र्घटना : एकको मृ*त्यु, पाँच घाइते
  • रेडियो सुदूर सञ्चार
  • १३ कात्तिक २०८२ (७ महिना अघि)
  • ३२३

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ। 

राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नं.को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। सो क्रममा बसले एक पैदलयात्रीलाई ठक्कर दिएको र बसमा सवार ५ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

दुर्घटनामा परेका अन्दाजी ५५ वर्षीय पुरुष पैदलयात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको छ। हाल मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइते यात्रुहरूलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारपछि घर फर्किएका वडा प्रहरी कार्यालय चन्द्रौटाका इन्चार्ज प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बस चालक र बस वडा प्रहरी कार्यालय चन्द्रौटाको नियन्त्रणमा छ।

अन्तिम अध्यावधिक: १३ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस