एम्बुलेन्समा भेटियो गाँजा, दुई जना प*क्रा*उ

होमपेज / समाचार /
एम्बुलेन्समा भेटियो गाँजा, दुई जना प*क्रा*उ
  • रेडियो सुदूर सञ्चार
  • २० कात्तिक २०८२ (२ महिना अघि)
  • ३५४

मोरङमा बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा गाँजा बरामद भएको छ ।

बुधबार राति लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-३ बाट स.१ च. ६५६ नम्बरको एम्बुलेन्समा गाँजा बरामद भएको हो ।

गाँजा भेटिएपछि प्रहरीले २ जनालाई  पक्राउ गरेको छ । चेकजाँचका क्रममा एम्बुलेन्स भित्र कालो रंगको झोलामा ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

गाँजा ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर-५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्स संगै रहेका को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका-३ का ३२ वर्षीय दिलीपकुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ ।

दिलीप गाडी स्कटिङ गर्दै अघि बढेको अवस्थामा पक्राउ परेका हुन् । दुवैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अध्यावधिक: २० कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस