कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस कोरिया शाखा घेराउ

होमपेज / मुख्य समाचार /
कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस कोरिया शाखा घेराउ
  • रेडियो सुदूर सञ्चार
  • २० कात्तिक २०८२ (२ महिना अघि)
  • २५०

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन शुरू भएको छ ।

भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा समेत दक्षिण कोरिया जान नपाएकाहरूले आज ललितपुरको ग्वार्कोमा रहेकाे वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा घेराउ गरेका हुन् ।

सन् २०२५ का लागि १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये धेरैजसोसँग अहिलेसम्म करार सम्झौता समेत नभएका कारण दक्षिण कोरिया जान पाएका छैनन् । कोरियामा कामदार पठाउन थप विज्ञान र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारहरूलाई कोरिया पठाउनुपर्ने उनीहरूको माग छ ।

अन्तिम अध्यावधिक: २० कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस