समयअघि जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण गर्न डाक्टरको सुझाव

होमपेज / स्वास्थ्य/शिक्षा /
समयअघि जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण गर्न डाक्टरको सुझाव
  • रेडियो सुदूर सञ्चार
  • २१ कात्तिक २०८२ (२ महिना अघि)
  • २०४

निर्धारित समयअघि नै जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको जाँच अनिवार्य गर्न डाक्टरले सुझाव दिएका छन् । समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ (आरओपी) जस्ता आँखाको रोगको जोखिम उच्च हुने भन्दै डाक्टरहरुले परीक्षण अनिवार्य गर्न सुझाव दिएका हुन् ।

तिलगङ्गा आँखा प्रतिष्ठानमा हिजो गरेको अन्तरक्रियामा आँखा रोग विशेषज्ञ इली प्रधानले समयपूर्व जन्मिएका शिशुका लागि २८ दिनभित्र ‘आरओपी’ को परीक्षण अनिवार्य रहेको र समयमै उपचारले जीवनभरको दृष्टि हानी हुनबाट बचाउन सकिने बताउनुभयो । डा प्रधानका अनुसार विश्वभर हरेक १० मध्ये एक शिशु समय अगावै जन्मिन्छ र नेपालमा यीमध्ये ३० प्रतिशत शिशुमा आरओपी भएको पाइन्छ ।

डा प्रधानले नौ महिना नपुगी जन्मिएको, दुई किलोभन्दा कम तौल भएको, नवजात शिशु सघन उपचार कक्ष (एनआइसीयू) मा धेरै दिन भर्ना गरेर राखेको बच्चामा आँखामा यो समस्या हुन सक्ने जानकारी दिनुभयो ।

यसैगरी आँखा रोग विशेषज्ञ भिट्रो रेटिनल सर्जन डा रबा थापाले मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक रहेको बताउँदै डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लागेमा दृष्टिविहीन हुनबाट बचाउन सकिने बताउनुभयो 

अन्तिम अध्यावधिक: २१ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस