बैतडी -
पञ्चेश्वर गाउँपालिका–४ आमचोरास्थित कैलपाल धुरा मन्दिरमा धुरा मेला कार्तिक २४ र २५ गते हुने भएको छ। मेला व्यवस्थापन समितिले जानकारी दिएको छ।
स्थानीयहरूका अनुसार, यो मन्दिरमा हरेक वर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथिमा मेला लाग्छ। मेला दौरान नेपालका साथै सीमावर्ती भारतका दर्शनार्थी पनि आउने गरेका छन्।
जिल्लाका अन्य शक्तिपीठ र मन्दिरहरूमा जात्रा कार्तिक शुक्ल पक्षमा लाग्ने भए पनि, कैलपाल धुरा मन्दिरमा मंसिर कृष्ण पक्षमा जात्रा लाग्ने परम्परा छ।