मधेश प्रदेशका मुख्यमन्त्री सोनलले दिए राजीनामा

होमपेज / समाचार /
मधेश प्रदेशका मुख्यमन्त्री सोनलले दिए राजीनामा
  • रेडियो सुदूर सञ्चार
  • २२ कात्तिक २०८२ (७ महिना अघि)
  • ४१४

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्। प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि शनिबार साँझ उनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद रहबर अन्सारी र माला कुमारी कर्णले विपक्षमा मतदान गर्ने घोषणा गरेपछि सोनल सरकार स्पष्ट अल्पमतमा परेको थियो।

गत असोज २९ गते ५ दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका सोनलको सरकार ३९ दिनमै ढलेको हो।

अन्तिम अध्यावधिक: २३ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस