बैतडीको सुर्नया गाउँपालिकामा लागेको ताला ३९ दिनपछि खुल्यो

होमपेज / समाचार /
कार्यपालिकाले करारका सबै कर्मचारी हटाउने
बैतडीको सुर्नया गाउँपालिकामा लागेको ताला ३९ दिनपछि खुल्यो
  • रेडियो सुदूर सञ्चार
  • २ मंसिर २०८२ (११ महिना अघि)
  • २४७

बैतडी  - 

सुर्नया गाउँपालिकामा जेनजी–जेनवाई समूहले लगाएको ताला ३९ दिनपछि खुलेको छ। असोज २४ गते सूचना नदिएको भन्दै ११ बुँदे मागसहित तालाबन्दी गरिएको थियो। माग पूरा नहुँदा लामो समयदेखि गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको थियो।

आइतबार बसेको कार्यपालिका बैठकले युवाहरूले उठाएका माग सम्बोधन गर्ने निर्णय गरेपछि सोमबार ताला खोलिएको गाउँपालिकाका सूचना अधिकारी रामसिँह महराले जानकारी दिए।

जनप्रतिनिधि र जेनजी युवाबीच पटक–पटक छलफल भए पनि सहमति नजुट्दा ताला खोलेर काम सुरु गर्न नसकिएको तर आइतबारको बैठकले जेनजी पक्षले राखेका सबै माग मान्ने निर्णय गरेको बताइएको छ।

जेनजीले उठाएका मागअनुसार कार्यपालिकाले करारका सबै कर्मचारी हटाउने निर्णयसमेत गरेको छ।

अन्तिम अध्यावधिक: २ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस